सर्लाहीमा हिन्दू मुस्लिम समुदायबीच तनाव: शनिबार साढे १ देखि आइतबार बिहान ८ बजेसम्म कर्फ्यू |


Curfew

प्रकाशित: असोज ३, शनिबार, सर्लाही ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीले सदरमुकाम मलंगवा बजारमा आज शनिबार साढे १ देखि आइतबार बिहान ८ बजेसम्म कर्फ्यू आदेश जारी गरेको छ । 

मलंगवा-३ विश्वकर्मा चोकबाट शुक्रबार विश्वकर्मा पूजाको मूर्ति सेलाउन जाने क्रममा डिजे बाजासहित ट्याक्टरमा गइरहेका हिन्दु समुदायका मानिसहरू मुस्लिम समुदायको मस्जिद नजिकैको पोखरीमा पुगेपछि दुवै समुदाय बीच विवाद विभाग भएको थियो ।

डिजे बजाएको निहुँमा भएको वादविवाद विषयमा दुवै समुदाय बिहानै फेरी आमनेसामने भएपछि हिन्दु र मुस्लिम पक्षबीच तनाब बढेकोले अप्रिय स्थिति आउन नदिन जिल्ला प्रशासन कार्यालय सर्लाहीले कर्फ्यु आदेश जारी गरेको प्रशासकीय अधिकृत प्रमोद यादवले जानकारी दिए।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार