सञ्चालन हुन लागेको कक्षा ११को परीक्षा प्रति विद्यार्थीको आपत्ति: दशैंको मुखमा शुल्क उठाउन खोजेको भन्दै बिराटनगर महानगरपालिकालाई‌ आरोप ।


प्रकाशित: असोज १२, सोमबार, विराटनगर ।
विराटनगर महानगरपालिकाभित्र कक्षा ११ को परीक्षा असोज २५ गतेबाट ३ कात्तिकसम्म सञ्चालन गर्ने कार्यतालिका महानगरले सार्वजनिक गरेलगत्तै आज महानगरपालिकाको निर्णय प्रति आपत्ती जनाउँदै कक्षा ११ का बिद्यार्थी हरु विराटनगर महानगरपालिका को कार्यलय आगाडी धर्नामा बसी विरोध प्रदर्सण गरेका छन् ।

कोरोना महामारीको संक्रमण तीव्र गतिमा फैलिरहेको बेला एक्कासी परीक्षा तालिका सार्वजनिक भएपछि विद्यार्थहरू आन्दोलनमा उत्रेका हुन् ।

कोरोना महामारीको कारन लामो समयको लकडाउन पछि खानलाउनै समस्या भएका अभिभावकबाट दसैंको मुखमा जवरजस्ती पैसा असुल्न परीक्षा सञ्चालन गर्न लागिएको विद्यार्थीको गुनासो छ ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले कोरोनाको संक्रमण कम नभएकाले विद्यालय सञ्चालन नगर्न आग्रह गर्दै आएका छन् भने शिक्षा मन्त्रालयले माघ महिनासम्म कक्षा ११ को परीक्षा सञ्चालन गर्न विद्यालयहरुलाई निर्देशन दिएको छ । 


विराटनगर बाहेक अन्य स्थानीय तहले परीक्षा सञ्चालनका लागि सूचना निकालेका छैन तर महानगरभित्र दसैंको मुखमा अभिभावबाट शुल्क उठाउनका लागि परीक्षा सञ्चालन गर्न लागिएको विद्यार्थीहरूको आरोप छ ।

अर्कोतिर राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा विद्यालयले नै सञ्चालन गर्ने गरी निर्देशिका जारी गरेको छ र त्यहीअनुसार महानगरभित्रका विद्यालयमा परीक्षा सञ्चालनको तयारी भएको महानगरको शिक्षा शाखा प्रमुख दुर्गा खतिवडाले बताएका छन्। खतिवडाका अनुसार कक्षा ११ को परीक्षा सञ्चालन गर्न विद्यालयहरुले महानगरपालिकालाई समन्वय गरिदिन आग्रह गरेपछि महानगरले समन्वय मात्र गरेको हो।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार