देशभरका मन्दिरहरू खोल्न शिवसेना नेपालद्वारा प्रदर्शन ।



प्रकाशित: असोज १, बिहिबार, काठमाडौँ ।
पशुपतिनाथको मन्दिर सहित नेपालका सम्पूर्ण हिन्दु धर्मावलम्बीहरुका मठ मन्दिरहरू खुल्ला गर्नका लागि बिहिबार पशुपति क्षेत्रमा प्रदर्शन गरिएको छ । 

देशभरका हिन्दू धर्मावलम्बीहरुलाई समस्या भएको भन्दै स्वास्थ्य मापदण्ड अपनाएर मन्दिर खोल्न पाउनु पर्ने माग राखी शिवसेना नेपालले प्रदर्शन गरेको छ । 

काठमाडौ जिल्ला प्रशासन कार्यालयले मठ मन्दिरहरू खोल्न प्रतिबन्ध लगाई रहेको अवस्था छ । शिवसेना नेपालले प्रदर्शन गरे पश्चात प्रदर्शनकारी र प्रहरीबीच केहीबेर घम्साघम्सी समेत परेको थियो ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार