होल्डिङबाट घर पठाउने क्रममा गाडी भाडामा ठगी |



प्रकाशित:भदौ २१,आइतवार, काठमाडौँ ।
कोरोना भाइरस महामारीको कारण गरिएको लकडाउन देशव्यापीरुपमा खुल्ला गरिएपनि लामो दुरीको यातायात सञ्चालनमा भने अझै पनि प्रतिबन्ध लगाइएको छ ।

लामो दुरीको सार्वाजानिक यातायात सञ्चालनमा नआएपछि विदेशबाट उद्धार गरी ल्याइएका नेपाली नागरिकहरू होल्डिङ सेन्टर बाट गन्तव्यसम्म पुग्न भनी व्यवस्था गरिएको यातायातमा धेरै भाँडा पिंधेर ठगिँदै आइरहेका छन् ।

सार्वजनिक यातायात बन्द राखेर अमुख व्यक्तिहरुले सेटिङमा यात्रुलाई ओसार्ने काममा महँगो भाडा असुलेको सार्वजनिक यातायात केन्द्रिय महासंघका वरिष्ठ उपाध्यक्ष किरण कुमार रिजालले बताए। रिजालका अनुसार काठमाडौंबाट जनकपुरसम्मको २ हजार भाडा लिएर १२ जनालाई २४ हजारमा लगिएको छ र गाडी धनीलाई १६ हजार मात्रै दिएको प्रमाण हामीसँग छ ।’

व्यवसायीले सहज र सुलभ दरमा यात्रुलाई बोक्छौँ भनेर पटक पटक गरेको आग्रहको बेवास्ता गर्दै सरोकारवाला निकायले नै यात्रुलाई ठग्ने र व्यवसायीलाई लुट्ने काम गरेको उनको आरोप छ।


वास्तविक व्यवसायीहरुलाई वैज्ञानिक तरिकाले गाडी शुल्क पाउनुपर्ने र यात्रुलाई ठगीनबाट रोक्नुपर्ने, नेपाल राष्ट्रिय प्रगतिशिल यातायात श्रमिक संगठनले पनि होल्डिङ सेन्टरबाट यात्रुहरुलाई गन्तव्यमा पु¥याउने जिम्मा यातायात व्यवसायीलाई दिनुपर्ने माग गरेको छ भने आफ्ना मागहरु सम्बोधन नभए गाडी सडकमा उतारेर आन्दोलनमा उत्रिने यातायात व्यवसायीहरुले चेतावनी दिएका छन् ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार