डा. गोविन्द केसीको अनशनप्रति ऐक्यवद्धता जनाउँदै माइतीघरमा १०० डा. केसी अनशन । (तस्वीरहरु)



प्रकाशित: असोज ७, बुधवार, काठमाडौँ ।
चिकित्सा शिक्षा सुधारका विभिन्न माग राख्दै केसी भदौ २९ गते जुम्लामा अनशन बसेका थिए ।जुम्लामा अनसरत डा. केसी मंगलबार काठमाडौं आइपुगे लगत्तै प्रहरीले जबरजस्ती राष्ट्रिय ट्रमा सेन्टरमा पुर्‍याएको थियो ।

डा. गोविन्द केसीको अनशनको नवौ दिनमा अनशनप्रति ऐक्यवद्धता जनाउँदै सोलिडारिटी फर डा. केसी अभियानले ‘१०० डा. केसी १०० मिनेट अनशन’ गरेको छ । चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारका विभिन्न माग राख्दै अनशन बसेका डा. केसीको समर्थनमा हिजो ‌माइतीघरमा प्रदर्शन भएको हो ।

वर्षा भइरहेका बेलामा पनि सडकमा दूरी कायम गरेर बसेका प्रदर्शनमा सहभागी सबै प्रदर्शनकारी गोविन्द केसीको कागजको मुकुन्डो लगाई १०० मिनेटसम्म माइतीघरमा प्रदर्शन गरेका थिए । 

दूर दराजमा मेडिकल शिक्षा खै ?, लुटतन्त्र बन्द गर, कर्णालीमा एमबीबीएस पढाइ सुरु गर, हाम्रो स्वास्थ्य हाम्रै हातमा हामी डा. केसीको साथमा जस्ता नारा लेखेको प्लेकार्ड सहित उनीहरुले प्रदर्शन गरेका थिए।

तस्वीरहरु:





.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार