कोरोना संक्रमणका लागि एन्टिजेन परीक्षण निर्देशिका स्वीकृत गर्ने स्वास्थ्य मन्त्रालयको तयारी।


प्रकाशित: भदौ २६, शुक्रबार, काठमाडौँ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले बनाएको कोरोना भाइरसको संक्रमण भए/नभएको पत्ता लगाउनका लागि एन्टिजेन परीक्षणको निर्देशिकालाई परिमार्जनसहित स्विकृत गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्णय गरेको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पिसिआर परीक्षण महंगो र रिपोर्ट आउन लामो समय लाग्ने भएकोले सस्तो र छिटो को लागि द्रुत एन्टिजेन परीक्षण किटलाई स्विकृती दिने निर्णय गरेको हो ।

एन्टिजेन परीक्षण लाई साधारण भाषामा बुझ्नु पर्दा यो विधिमा कोरोना भाइरसको खोलमा रहेको प्रोटिन पहिचान गरिन्छ । यदि नमुनामा सो प्रोटिन रहेको देखिए त्यसको उपस्थितिले शरिरमा भाइरस सक्रिय रहेको जनाउँछ । पहिले गरिने आर डि टी परीक्षणमा एन्टिबडी को पहिचान गरिन्थ्यो । एन्टिजेनकै प्रतिक्रिया स्वरुप शरिरले एन्टिबडी उत्पादन गर्छ । यो दुईवटै परीक्षण लगभग उस्ताउस्तै हो ।

कोरोना भाइरसको संक्रमण भएपछि शरीरले एन्टिबडी उत्पादन गर्छ जुन पहिले गरिने आर डि टी परीक्षणमा पत्ता लगाइन्थ्यो भने मन्त्रालयले स्वीकृति दिन लागेको हो एन्टिजेन परीक्षणमा कोरोना भाइरसको प्रोटिन शरीरमा रहे नरहेको पत्ता लगाइन्छ । संक्रमण भैसके पछि शारीरदले प्रतिक्रिया स्वरुप एन्टिबडी उत्पादन गर्छ जुन शरीरले क्षमताअनुसार पहिचान गरि ढिलो उत्पादन गर्न सक्छ त्यसैले 
आर डि टि विधिबाट गरिने एन्टिबडी परीक्षण नतिजामूलक न रहेको पाइयो ।

आरडीटी किटमा भए जस्तो विवाद नहोस् भनेर सकेसम्म धेरै कुरा उल्लेख गरेर निर्देशिकालाई परिमार्जनसहित स्वीकृत गर्ने निर्णय गरिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुणा झा ले बताइन् । 


राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले बनाएको निर्देशिकामा सेन्सिटिभिटी राम्रो भएका द्रुत एन्टिजेन परीक्षण किट अमेरिकाको फूड एण्ड ड्रग्स एडमिनिस्ट्रेसन (एफडीए) वा यूरोपियन यूनियनको मेडिसिन (ईएमए) प्रमाणपत्र पाएको हुनुपर्ने उल्लेख गरिएको छ यस्तै उक्त परीक्षण किट ‘सी’ श्रेणीका प्रयोगशालाहरुलेसम्म प्रयोग गर्न पाउने पनि निर्देशिकामा उल्लेख रहेको दाबी उच्च स्रोतले गरेका छन ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार