चीनतर्फको अन्तर्राष्ट्रिय सीमा नाका सिन्धुपाल्चोकको तातोपानी नाका आउने असोज १९ गतेबाट हुने भएको छ। नेपालमा कोरोना सङ्क्रमण तीव्र रुपमा बढेसँगै र तातोपानी नाकासम्म पुग्ने सडकमा पहिरो गई सडक भत्किएपछि तातोपानीबाट हुने कारोबार ठप्प भएको थियो भने सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल नेतृत्वका नेपाली टोली र ल्हासाको फरेन अफिसका डेप्युटी डाईरेक्टर ली उलीन नेतृत्वका चिनी टोली बिच मितेरी पुलमा मंगलबार भएको बैठकले असोज १९ बाट नाका खोल्ने सहमति भएको हो।
असोज १८ गते सम्म तयारी पुरा गर्ने र १९ गतेबाट चिनियाँ सामान नेपाल झार्ने सहमति भएको छ भने नाका खोल्ने दिन सम्म नेपालले लोड अनलोड गर्ने मजदुरको टोली तयारी अवस्थामा राख्नु पर्ने छ।
नेपालका तर्फबाट चालक र मजदूर गरी २८ जनाको टोली पिसीआर परीक्षण गरेर तयारी अवस्थामा रहेका छन् भने चिनियाँ पक्षले थप २८ जनाको टोली तयारी अवस्थामा राख्न सुझाव दिएको भन्सार प्रमुख खत्रीले जानकारी दिए। नाकामा खटिने चालक र मजदूरको पाँचपाँच दिनमा कोरोना परीक्षण चीनले नै गर्नेछ।
छलफलका क्रममा नेपालले चीनतर्फको कुती नजिकैको ताल फुट्न सक्ने भन्दै साइरन राख्न अनुरोध गरेको छ भने चिनियाँ पक्षले यसबारे माथि कुरा गरेर निर्णय गर्ने बताएको पनि प्रमुख खत्रीले जानकारी दिए।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :