कोरोना महामारीको कारण गतः चैत्र ११ गतेदेखि गरिएको लकडाउन सँगै हवाई उडान अन्तर्राष्ट्रिय सीमाबाट हुने आवतजावत आदि सबै बन्द गरिएको थियो। यससँगै विदेशिने नेपाली कामदारहरूको लागि दिइने श्रमस्वीकृति पनि बन्द गरिएको थियो।
उद्धार तथा नियमित गरी सुचारू गरिएको अन्तर्राष्ट्रिय हवाई उडान संगै विदेशिने नेपाली कामदार हरु को लागी श्रम स्वीकृती खुल्ला गरिएको छ।
श्रम रोजगार तथा सामाजिक विकास मन्त्रालयको प्रस्तावमा गत भदौ १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले श्रम स्वीकृती खुल्ला गर्ने निर्णय गरेको हो। सम्बन्धित श्रम गन्तव्य मुलुकहरुको सम्झौता र मागको आधारमा नयाँ श्रम स्वीकृति खुला गर्ने निर्णय भएको नेपाल सरकारका प्रवक्ता तथा, अर्ध, सूचना तथा सञ्चार प्रविधि मन्त्री डा. युवराज खतिवडाले पत्रकार सम्मेलनमार्फत जानकारी दिए।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :