सीमावर्ती नाका हुँदै भारततर्फ तस्करी बढेपछि, हरियो केराउ ओसारपसार र ढुवानीमा प्रतिबन्ध |


प्रकाशित: असोज १२, सोमबार, नवलपरासी ।
प्रहरीले हरेक दिन नाकाबाट केराउ बरामद गर्दा पनि लुकीछिपी भारत पुर्‍याइन थालेपछि पश्चिम नवलपरासीका सीमावर्ती नाका हुँदै भारततर्फ तस्करी बढेको भन्दै जिल्ला सुरक्षा समितिले हरियो केराउ ओसारपसार र ढुवानीमा प्रतिबन्ध लगाएको छ ।

नेपाल–भारत सीमानाका बन्द भएपछि महेशपुर भन्सार कार्यालयमा आयात–निर्यात न्यून छ भने सामान आयात र निर्यातबाट कार्यालयले राजस्व संकलन गर्न सकेको छैन् ।तर लकडाउनको समयमा चार महिनाको बीचमा बरामद गरिएको केराउबाट सबैभन्दा बढी राजस्व संकलन भएको छ ।

लकडाउनको समयमा मात्रै प्रहरीले जिल्लाका सीमावर्ती नाकाबाट अवैध रूपमा ल्याइएका हरियो मटर, लत्ताकपडा, रासायानिक मल आदि तस्करीका २ करोड ४० लाख मूल्यबराबरका सामान भन्सार कार्यालयलाई बुझाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी राजु लामाले बताएका छन् । हरियो केराउ र मरीच नेपालबाट भारततर्फ तस्करी हुने र कपडा, मल, कुखुरा भारतबाट भन्सार छलेर नेपाल ल्याउने गरिएको उनको भनाइ छ।

तर केही व्यक्तिले तस्करी गरे भन्दैमा अन्य व्यवसायीलाई केराउको कारोबार नै गर्न नपाइने गरी गरिएको प्रतिबन्ध प्रति उद्योग वाणिज्य संघले विरोध जनाएको छ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार