कोभिड-१९ को ब्रह्मास्त्र र पीडादायी जीवनशैली ।



प्रकाशित: भाद्र २२, सोमबार । 

सधैँ झैँ दैनिकीलाई निरन्तरता दिने क्रममा बिहानै बाटोमा हिड्दै थिए । मनमा धेरै कुरा खेलाउदै, अचानक मेरो आखाँ त्यो बाटोमा भएको चौतारिमा पर्यो,एक जना अधबैंसे मानिस जसले पुरानो र च्यातिएको कपडा लगाएको र अर्को एक जना बिच वार्तालाप चल्दै थियो । अचानक मेरो निर्दोष कानले सुन्यो “लकड़ाउनले कठिन  जीवनलाई झन् कष्टकर बनाइदियो सानो नानी,  बुढा आमाबुबा,सुत्केरी श्रीमती र कोठा भाडा  खै कसरी धान्ने” अर्को मानिसले लामो शासलिदै भारी मन बनाउदै भन्यो “समस्यै समस्याले कुण्ठित जीवनमा राहत मिल्छ भनेको खै कहाँबाट समुन्द्रीक सुनामी आएझै आयो सर्वश्व नै लुट्ने गरि ” ।  


लकड़ाउन सङ्क्रमणलाइ सुस्त बनाउने ब्रह्ममास्त्र भएपनि, यसको प्रभाबले लामो समय सम्म सत्ता चलाउने छ भने मुलुकलाई अर्को समस्य तिर धकेलिरहेको छ । उत्पादनका सम्पूर्ण क्षेत्र बिछिब्द तरिकाले निस्क्रिय बनेका छन् । कलकारखाना उद्योग, धन्दा, ब्यापार ब्याबसाय ठप्प छन् । कोभिड-१९ को प्रभाबले  “ घर मा बसौ सुरक्षित रहौ ” भन्ने नारा लाइ आत्मसात गर्न बाध्य परिवारहरु मध्ये मध्य वर्ग र बिपन्न वर्ग हरुको भने  रोजिरोटी गुमिसक्यो, मानसिक बोजको चपेटाले पराकाष्ट नाग्ने बेला आइपुगिसक्यो ।


सामान्य मजदुर गर्न संकोच मान्ने तर आर्थिक हैसियतले निकै कमजोर रहेका परिवारका सदस्य पुर्णतय वेरोजगार अवस्थामा रहने तप्काका  वर्गले नै बढी समस्या खेप्न बाध्य छन । उच्च् पदस्थलिमा बसेर वचनको वाण  चलाउने शासक वर्गले लकड़ाउन लाइ ब्रह्मास्त्र बनाएर प्रयोग गरेका छन । सपनाको पहाडमा चड्दै गर्दा अकल्पनीय समस्यले प्रहार गर्यो, बेतालमा हिमाल बाट हिउँ खसेको जस्तो, समस्याको कठाङ्ग्रिदो तुसारोमा  घुम्दै छन् तिनै वर्ग जो “ न लिन सक्छन नत दिन सक्छन ” 


कोभिड-१९ को कारण संसारकै अर्थतन्त्रको क्षेत्र मृत्युशैयामा पुगेको छ भने यो अवस्था बाट नेपाल अछुतो रहन सकेन । करिब ४ महिना जति लामो लकड़ाउन को सामना गर्दै बिहान बेलुका हातमुख जोड्न धौधौ पर्ने वर्गले झेल्नु परेको समस्याको सम्वोधन नत कुनै सरकार वा सरोकारवालाले नै गरे नत कुनै संघसंस्थाहरुले नै । विभिन्न नारा र नियमले कुण्ठित औपचारिक लकड़ाउन को घोसणा संगै आर्थिकस्तर कमजोर भएका परिवारको चुलोको आगोले राहतको प्रतिक्षा गर्दै १-१ मिनिनेटको समय लाइ टिपोट गर्न थाल्यो  ।



बिहान, बेलुका छाक टार्न मुस्किल पर्ने परिवारका लागि कोरोनाको प्रभाव बाट सुरक्षित रहन सुरक्षा सामग्रीहरु, कहाँबाट ल्याउने मस्करु ? काहबाट ल्याउने सेनिटाइजररु ? अनि कहाबाट ल्याउने पन्जा ? बजारको अनियन्त्रित परिचालन, कालाबजारी, आफन्तबाद र राहतको नाममा भएको अनियमितताको चपेटामा पिसिन बाध्य छन् जो तलपनी झर्न नसक्ने र माथि पनि उक्लन नसक्ने वर्ग । आयतको क्षेत्रमा कुनै समस्य आउन नदिने सरकारको प्रतिवद्धता छदैछ तर, विडम्बना हिजो ५ रुपयाँमा आउने सामानको मूल्य आज ५० रुपयाँ  भएको छ ।


मुद्रास्फीतिले सिमाना नाघिसक्यो तर हिजो २००० रुपया आम्दानी हुने परिवारको आम्दानी के आज  ८००० पुग्यो त रु छैन बरु २००० पनि गुमिसक्यो । राजनीतिको खिचातानीले निम्त्याएको अस्थिरताले उग्र रुपलिदै राहको नाममा गरिने घोटालाको शिकार बन्दै गएका परिवारले गुमाएको रुजुरोटीको जिम्मा कसले लिने, सरकारवाला निकायले रु किन सरकार साझामा अस्ताउन लागेको सुर्य जस्तै निस्क्रिय बन्दै छ ।


प्राकृतिक विपत्ति, आर्थिक मन्दी र पारिवारिक समस्याको चिन्ताले जिउदै लास सरह बन्दै गएका मानिसहरुका लागि अपरिहार्य सुरक्षित र आवश्यकमुखी ढंगले लकड़ाउन परिमार्जन गर्न सक्नु पर्छ । सानो ब्याबसाय संचालनको सपना देखेर बैंक तथा वित्तीय संस्था बाट कर्जा लिएका परिवारको ब्याबसाय नै धारासायी बन्दै गए पछि कसरि तिर्ने कर्जाको ब्याज रु आम्दानी को बाटो नै सुन्यता बनेपछि मानसिक पीडाले दुखित जीविकोपार्जन गर्न बाध्य छन् ।


लकड़ाउन मा खाध्य ढुवानीको समस्यबाट उत्पन्न आपत्तिको सामना गर्दै भाग्य र भगवानलाइ दोष दिदै जीवनलाई संचालन गर्दै छन् ति नै वर्ग जो न आवाज उठाउँन सक्छन न सम्बन्धित निकायमा पुर्याउन नै । यदि लकड़ाउन लाइ नै सर्वोपरी ठानी निरन्तरता दिने हो भनि केहि समयको अन्तरालमा मुलुकमा भोकमरी,सामाजिक बिकृति,आर्थिक मन्दी,वेरोजगार आदि जस्ता समस्या ले जरो गाड्ने सम्भावना अथाह छ ।


हुन पनि हो सरकार वर्तमान प्रतिकूल  परिस्थितिलाइ सहज बनाउन तर्फ ध्यान केन्द्रित गर्दै छ । विभिन्न क्षेत्रमा फरक फरक प्रकृतिको लकड़ाउन लागु गरिदै छ तर सरकार को नजरले  बिपन्न र मध्य वर्गका परिवारले खेप्नुपरेको सास्तीलाइ वेवास्ता गरेको जस्तो दृस्टीपात भएको छ ।


बिहानको छाक  त जसोतसो टर्यो अव बेलुका के खाने रु भन्ने मानिसहरुको लागि एकै प्रकृतिको लकड़ाउन प्रभावकारी हुदैन । वर्तमान लाइ त जसोतसो गरेर टार्दै छन् तर भविस्यमा के गर्ने कसरि जीविकोपार्जन गर्ने, सन्तानको भविस्य कसरि सुधार्ने जस्ता मानसिक समस्याले गर्दा आज कष्टकर जीवन विताउदै छ ।    


हो कोभिड-१९ को प्रभाव अकल्पनीय छ र अनिश्चित पनि तर यस समस्य बाट मुक्तिको बाटो लकड़ाउन मात्र हैन, हुनसक्छ केहिहद सम्म । लकड़ाउनको कारण भबिस्यमा हुनसक्ने क्षति को अहिले नै केहिहद सम्म नियन्त्रण गर्न बाट पछि हट्नु भनेको लाजस्पद कुरा हो । बर्तमान परिपेक्षको राम्रो अवलोकन गरि लकड़ाउनलाई आवश्यक मात्रमा परिमार्जन गर्नु पर्छ  भने मध्य र निम्न वर्गको लागि सरकारले राहतको प्रबर्द्धन गर्नु पर्छ र राहत वास्तविक पिडित वर्ग सम्म पुर्याउनका लागि संघ, प्रदेश र स्थानीय तिनै वटा सरकार बिच समनय र सहकार्य गर्नु पर्छ । कालाबजारी, आफन्तवाद र राहतको नाममा भएको अनियमिततालाइ जरैदेखि उखेल्नु पर्छ ।  रोजगारको क्षेत्रलाइ उच्च् सतर्कताका साथ संचालन गर्नु पर्छ । हैन भने बिपन्न र मध्य बर्गीय परिवार लकड़ाउनको बहिस्कृत सिमा भित्र बाच्न बाध्य हुनेछन् ।


लेखक: पर्वत खत्री 

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार