मन्दिर र संग्रहालय खोल्न प्रस्ताव पेश गरिने ।


Pashupatinath

प्रकाशित: असोज ८, बिहिबार, काठमाडौँ । 
आज मन्त्री योगेश भट्टराईको अध्यक्षतामा मन्त्रालयमा बसेको उच्चस्तरीय समूहको बैठकले पशुपति मन्दिर, लुम्बिनी, संग्राहालय खोल्ने विषयमा प्रोटोकल तयार गरी ‘कोरोना संकट व्यवस्थापन केन्द्र ’(सिसिएमसी) मा पेश गर्ने निर्णय गरेको छ । 

उक्त बैठकले, बगलादेश, ईन्डोनेसिया, रसिया, कोरिया, फिनल्याण सँग भएको हवाई सम्झौताहरु असोज भित्र तयार गरी मन्त्रिपरिषदमा पेश गर्ने निर्णय समेत गरेको छ ।

बैठकमा मन्त्री योगेश भट्टराईले राष्ट्रिय गौरवको आयोजनाको कामलाई प्रभावकारी बनाउन मन्त्रालयका तर्फबाट आवश्यक सहजीकरण, अनुगमन, मूल्याङ्कन, निरीक्षण गर्न समेत सम्बन्धित महाशाखा प्रमुखलाई निर्देशन दिएका छन् ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार