घरेलु रक्सी र जाँड बनाउन दिन सर्वोच्चको आदेश।


supreme-court

प्रकाशित: असोज १३, मङ्गलबार, काठमाडौँ ।
सर्वोच्च अदालतले एक वर्षमा बढीमा ६ पल्ट सम्म घरेलु रक्सी जाँड बनाउन दिन आदेश जारी गरेको छ। आदेशअनुसार एकपटकमा घरेलु मदिरा ५ लीटर र जाँड १० लीटर सम्म बनाउन पाउनेछन्।

अनुमतिबिना मदिरा उत्पादन विषयमा परेको रिटमाथि सुनुवाई गर्दै न्यायाधीश हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको इजलासले गरेको फैसलाको पूर्णपाठमा एकपटकमा पाँच लिटर मदिरा र १० लिटर जाँड घरेलु रूपमा उत्पादन गर्न दिनू भन्ने उल्लेख छ ।चाडबाड, रीतिरिवाज र संस्कृती लाई मध्यनजर गर्दै एक वंशमा ६ पटकसम्म घरेलु रक्सी र जाँड उत्पादन गर्न दिन आदेशमा उल्लेख गरिएको छ ।

गत माघमा भएको फैसलाको सोमबार सार्वजनिक पूर्ण पाठमा यस विषयमा अनुगमन, नियमन र नियन्त्रणका लागि मौजुदा कानुनमा कडाइ गर्न पनि सर्वोच्चले सरकारका निकायलाई आदेश दिएको उल्लेख छ ।


मदिरासम्बन्धी नियम २०३३ को नियम (७) मा कुनै व्यक्तिले निजी प्रयोजनका लागि एकपटकमा पाँच लिटरसम्म रक्सी र १० लिटरसम्म जाँड बनाउन अनुमति लिन नपर्ने उल्लेख गरिएको छ त्यस्तो जाँडरक्सी वर्षको ६ पटकभन्दा बढी बनाउन नपाइने, निजी प्रयोजनका लागि रक्सी वा जाँड बनाउने व्यक्तिले सो जाँड वा रक्सी बनाएको सूचना अन्तशुल्क अधिकारीलाई दिनुपर्ने व्यवस्था गरिएको छ। 

सर्वोच्चले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, अर्थ, गृह, उद्योग वाणिज्य तथा आपूर्ति र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रहरी प्रधान कार्यालय, आन्तरिक राजस्व विभागलगायत निकायलाई सो निर्देशनात्मक आदेश दिएको छ भने मदिराजन्य पदार्थको हानि रोक्न सरकारी संयन्त्रमार्फत कानुन कार्यान्वयन र अनुगनमको प्रभावकारी उपाय अवलम्बन गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार