नागरिक लगानी कोषले " नागरिक लगानी पेन्सन योजना " ल्याएको छ । यो योजनाले सबै नेपाली नागरिकलाई पेन्सनको योजनामा समेट्ने बताइएको छ । नागरिक लगानी कोषले जनाए अनुसार मासिक पाँच सय रुपैयाँ बचत गरे यो जनामा सहभागी हुन पाइनेछ । यस योजनाले सर्वसाधारण जनतालाई बचत गर्न प्रोत्साहित गर्ने र सो बचतलाई देशको आर्थिक समृद्धिमा परिचालन गर्न सघाउ पुग्ने कोषले जनाएको छ ।
रु ५०० भन्दा माथि १० ले भाग हुने जति पनि रकम जम्मा गर्न सकिने, कोषको योजनाले जनाएको छ । आफुले बचत गरेको रकमका आधारमा बचत गर्नेले आफु ६० वर्ष पूरा भएपछि पेन्सन पाउने व्यवस्था उक्त योजनामा छ । त्यसकारण जति बढी रकम आफूले बचत गर्न सक्यो त्यति नै बढी पेन्सन पाउने कोषले जनाएको छ ।
यदि कसैले यस योजनालाई बीचमै छाड्न चाहे, आफूले बचत गरेको रकम ब्याजसहित फिर्ता पाउने जनाइएको छ तर यस योजनामा सहभागी भएको कम्तीमा २ वर्ष पुरा भएपश्चात मात्र छोड्न पाइनेछ ।
कृषि, ज्यालामजदुरी गर्ने, व्यवसायी, निजी कर्मचारी वा आफ्नो जुनसुकै व्यवसाय भएका विभिन्न क्षेत्रमा कार्यरत नेपाली नागरिकले यस योजनामा सहभागी हुन पाउनेछन् । मासिक, त्रैमासिक, अर्धवार्षिक वा वार्षिक रुपमा पनि बचत गर्न सकिनेछ । तर बचत रकम कम्तिमा मासिक ५ सय हुनुपर्दछ ।
नागरिक लगानी कोष विनियमावली, २०४८ को विनियम ३२ ले दिएको अधिकार प्रयोग गरी संचालक समितिले कार्यविधि स्वीकृत गरी कार्यान्वयनमा ल्याएको हो ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :