दुई हजारमा पिसिआर परीक्षण गर्न स्वास्थ्यमन्त्री ढकालको निर्देशन ।



प्रकाशित: भदौ ३०, मंगलबार, काठमाडौँ ।
सोमबार मन्त्रिस्तरीय निर्णय गर्दै कोभिड– १९ को पीसीआर परीक्षणका लागि तोकेको अधिकतम शुल्क रु दुई हजार कार्यान्वयन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निर्देशन दिएको छ ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालको निर्देशनमा कोभिड– १९ परीक्षण गर्ने प्रयोगशालालाई पीसीआर परीक्षण शुल्क दुई हजार कार्यान्वयन गराउन स्वास्थ्य आपतकालीन सञ्चालन केन्द्रका प्रमुख एवं मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले सातैवटै प्रदेशका सामाजिक विकास मन्त्रालयलाई पत्राचार गरेका छन् ।

सुरूमा पिसिआर परीक्षणका लागि मन्त्रालयले रू ५,५०० शुल्क तोकेको थियो भने त्यसपछि मन्त्रालयले शुल्कलाई घटाएर पिसिआर परीक्षणका लागि रु ४,४०० तोकेको थियो । नेपालमा अहिले सरकारी ४७ वटा प्रयोगशालामा पीसीआर परीक्षण हुँदै आइरहेको छ जसमा सरकारी प्रयोगशालाले पनि कुल संख्याको आदि परीक्षण भने सशुल्क गर्ने गरेको छ ।

मन्त्रालयका अनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पीसीआर परीक्षण गर्ने रिएजेन्ट र अन्य सामानको मूल्य घटेको आधारमा नयाँ मूल्य निर्धारण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए।

जस अनुसार अब सरकारी र निजी सबै प्रयोगशालामा जम्मा दुई हजार रुपैयाँमा पीसीआर परीक्षण हुने बताइएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार