मन्त्री खतिवडाको राजीनामा दिने घोषणा ।



प्रकाशित: भाद्र १९, शुक्रबार, काठमाडौँ ।
अर्थ तथा सञ्चारमन्त्री रहेका डाक्टर युवराज खतिवडाले राजीनामा दिने घोषणा गरेका छन् । आज शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकमा उनले आज साझा नै राजीनामा दिने घोषणा गरेका छन् । 

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा हिजो बिहीबार प्रधानमन्त्री के पी शर्मा ओलीले राष्ट्रियसभा सदस्यमा रिक्त रहेको एक सिटमा उपाध्यक्ष बामदेव गौतमलाई सिफारिस गर्ने निर्णयमा पुगेको सुनाएका थिए ।

राष्ट्रियसभाको उक्त रिक्त सिटमा गौतमलाई सिफारिस गरेपछि खतिवडाको संसद सदस्य हुने बाटो तत्कालका लागि बन्द भएको छ । त्यससँगै उनले मन्त्री पदबाट राजीनामा दिनुपर्ने अवस्था आएको हो । उनले आज साँझसम्म राजीनामा दिने बताइएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार