घाइते सहित झडपमा खटिएका १८ प्रहरीमा पी सि आर पोजिटिभ।



प्रकाशित: भदौ २०, शनिबार, काठमाडौँ ।
महानगरीय प्रहरी वृत्त सातदोबाटोमा ९ जनालाई पी सि आर पोजिटिभ देखिएपछि बुधबार ६८ जनाको स्बाव संकलन गरिएको थियो जसमध्ये ललितपुरको पुल्चोकमा रथ तान्ने क्रममा झडप हुँदा खटिएका १८ प्रहरीमा पी सि आर पोजिटिभ देखिएको छ ।

ललितपुरको पुल्चोकमा मच्छिन्द्रनाथको रथ तान्ने क्रममा स्थानीय र प्रहरीबीच झडप भएको थियो।

वृत्तका डीएसपी मित्रबन्धु शर्माको नेतृत्वमा स्वाब दिएका प्रहरीहरु झडप स्थल पुगेका थिए । स्वाब नदिएका टोली झडप नियन्त्रणतर्फ लाागे भने स्वाब दिएका प्रहरी निरीक्षक सहितको टोली लाई व्याक फोर्समा राखेको डीएसपी शर्माले बताए।

शर्माका अनुसार स्वाब दिएका टिमलाई प्रयोग नगरेको बताएपनि झडपमा घाइते भएका निरीक्षक सहित १८ जनाको रिपोर्ट पी सि आर पोजिटिभ आएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार