चीनले नेपाली भूमि मिचेर भवन बनाएको होइन : मन्त्री ज्ञवाली ।



प्रकाशित: असोज ८, बिहीबार, काठमाडौँ ।
मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्न बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्र मन्त्री एवम् सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले नेपाल र चीनबीच सीमा समस्या नभएको जानकारी दिए। हुम्लामा नेपाली भूमि मिचेर चीनले भौतिक संरचना निर्माण गरेको भनेर आएका समाचारप्रति सरकारको ध्यानाकर्षण भएको भन्दै मन्त्री ज्ञवालीले त्यसमा सत्यता नभएको बताए ।

ज्ञवालीका अनुसार स्थलगत अध्ययनका लागि टोली गएको र उक्त क्षेत्रमा चीनले सीमा भन्दा १ किलोमिटर टाढा चिनियाँ भूमिमा संरचना निर्माण गरेको छ ।

२०७३ सालमा पनि यस्ता खालक सामाचार सम्प्रेसन भएको र त्यतिबेला अन्तरमन्त्रालय छानविन समिति गठन गरेर स्थलगत अध्ययन बाट आएको प्रतिवेदनमा बनाएको संरचना सीमाबाट एक किलोमिटर भित्र चिनियाँ भूभागमा पाइएको हो मन्त्री ज्ञवालीले बताए। कहिँकतै छन् भने त्यस्तो समाधान गर्ने संयन्त्र छन् उनले भने।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार