स्थानीय तहको स्विकृतिमा निजी विद्यालयले शुल्क उठाउन पाउने। (निर्देशिका समेत पढ्नुहोस् )



प्रकाशित: भदौ २५, बिहीबार, काठमाडौँ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका’ जारी गरेसँगै अनलाइन कक्षा सञ्चालन गरिरहेका निजी स्कुलहरूले अब निर्देशिका बमोजिम शुल्क लिने बाटो खुला भएको छ ।

अनलाइन लगायत वैकल्पिक विधिबाट गरिने शिक्षणलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मान्यता दिइएको छ। 

मन्त्रालयले जारी गरेको निर्देशिकामा शुल्कसम्बन्धी व्यवस्थामा, ‘विद्यालयले लिन पाउने शुल्क प्रचलित कानूनको अधिनमा रहि स्थानीय तहले स्वीकृत गरे बमोजिम हुने कुरा उल्लेख गरिएको छ। 


यसअघि निजी विद्यालयहरूले पनि सरकारीमा जस्तै असार १ गतेदेखि अनलाइन लगायत वैकल्पिक विधिबाट पठनपाठन जारी राखेका भएपनि निजी विद्यालयले अनलाइन कक्षाको शुल्क मागेपछि मन्त्रालयले नतिर्नू भनेको थियो । 

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार