साउदी अरबमा अलपत्र नेपालीद्वारा नेपाल सरकारविरूद्ध नाराबाजी ।



प्रकाशित: भाद्र २४, बुधवार, काठमाडौँ ।
७ महिनादेखि कामविहीन भई साउदी अरबका विभिन्न क्याम्पमा रहेका सयौं नेपाली श्रमिक घर फर्कन नपाएको भन्दै नेपाल सरकारविरुद्ध आक्रोश पोखेका छन् ।

नेपाली कामदारले सुरुमा कम्पनीका अधिकारीसँग आफ्ना समस्या राखेका थिए भने कम्पनीले नेपालकै दूतावासका कारण तत्काल श्रमिकलाई पठाउन नसकेको जानकारी दिएका थिए । महिनौंदेखि विमान कुरिरहेका उनीहरु मंगलबार नेपाल उड्ने मिति तय भएपनी तत्कालै स्वदेश फिर्ती नहुने भएपछि दूतावासअगाडि नेपाली श्रमिकहरुले नेपाल सरकार विरुद्ध नाराबाजी गरेका थिए।

विदेशबाटै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘देश छोड्’ भन्दै गालीसमेत गरेका ती नेपाली श्रमिक हरु महिनौंदेखि काम नपाएर अलपत्र परेका छन भने एउटा कोठामा ११ जनालाई कोचेर राखिएको छ । भुइँमै सुताइएको पुग्ने खाना नदीका खाना नपुगेर सधैं झगडा हुने अवस्थामा बस्न बाध्य छन् ।

साउदीका विभिन्न कम्पनीको मागअनुसार श्रमिक उपलब्ध गराउने ठूलो कम्पनी रुपमा रहेको समस्को ले मात्रै झन्डै एक हजार नेपालीलाई स्वदेश फर्काउन रियादस्थित क्याम्पमा राखेको छ । काम दिन नसकेपछि कम्पनीले क्याम्पका ११ वटा भवनमा झन्डै ६ हजार श्रमिक राखेका छन् जसमा सबैभन्दा बढी नेपालीहरु छन। श्रमिक आपूर्ति गर्दै आएको महरा कम्पनीमा कार्यरत नेपाली समितिहरूको पनि त्यस्तै अवस्था छ।

रियादस्थित नेपाली दूतावासले घर फिर्ने प्रतीक्षामा साढे १४ हजार जनाको नामावली प्रकाशन गरेको छ । त्यसबाहेक विभिन्न कम्पनीका तर्फबाट ३ हजार जनाको सूची पेस भएको छ । थप एक हजार जनाले स्वदेश फिर्न दूतावासमा फाराम नै भरेका छन् ।

तर नेपाल सरकारले सेप्टेम्बरमा २ हजार ५ सय ८० जनालाई मात्रै स्वदेश फर्काउन अनुमति दिएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार