फल्ने बिरुवाले एक दिन फल्नु पर्छ
नफल्नेलाई छानी-छानी उखल्नु पर्छ।
युवाले अवसर नपाउने मेरो देशमा
सधैँ वृद्धहरुको इसारामा चल्नु पर्छ।
अन्याय र अत्याचार सहेर हुँदैन अब
भ्रष्टचारका विरुद्ध मसाल जल्नु पर्छ।
जनता भोक प्यासले मरेको नदेख्ने
यस्तो निकम्मा सरकार त ढल्नु पर्छ।
-मनिष पोखरेल
बिराटनगर
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :