टाकुल्लेमा भेटियो नेपाल-चीन सीमानाको ११ नम्बरको पिलर दुरूस्त अवस्थामा ।



प्रकाशित: असोज ८, बिहीबार, हुम्ला ।
हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरीको नेतृत्वमा गएको नेपाली सेना र सशस्त्र प्रहरीसहितको टोलीले वर्षौंदेखि फेला पार्न नसकिएको नेपाल-चीन सीमानाको ११ नम्बरको पिलर बुधबार फेला पारेको छ । टाकुल्ले भन्ने ठाउँमा भेटिएको सो सीमा स्तम्भ दुरूस्त रहेको हुम्लाको नाम्खा गाउँपालिकाका अध्यक्ष बिष्णुबहादुर तामाङ (लामा)ले जानकारी दिए । 

अध्यक्ष तामाङका अनुसार ११ नम्बर पिलर भएको टाकुल्ले भन्ने स्थान अन्कन्टार ठाउँ भएकाले माथिबाट सिधै जान नमिल्ने र घुमेर जाँदा चिनियाँ पक्षले भवन बनाएको लाप्चाबाट दुई दिनको पैदल दूरीमा रहेको छ। अहिलेसम्म फेला नपरेको पिलर भेटिएपछि अब चीनसँगको सीमा मार्किङ गर्न सजिलो हुने उनले बताए।

हुम्लामा पनि पानी परिरहेकाले सीमा स्तम्भ खोज्न हिल्सा पुगेको सिडिओ गिरीको टोली बिहीबार सदरमुकाम सिमिकोट उक्त टोलीलाई फर्किन भने समय लाग्न सक्ने उनले बताएका छन् ।

सिमिकोट फर्किएपछि के-कसरी मार्किङ गर्ने भन्ने कुराको निष्कर्ष निस्किने भएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार