बुधबार बसेको सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठकले पूर्वप्रधानन्यायाधीश अनिरुद्धप्रसाद सिंहको निधनप्रति दुःख व्यक्त गर्दै बिहीबार एक दिन देशभरका अदालतमा शोक बिदा दिने निर्णय गरेको छ ।
सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जारी गरेको प्रेस विज्ञप्तिमा सिंहको निधनबाट राष्ट्रले एउटा सच्चा राष्ट्रप्रेमी र न्यायिक व्यक्तित्व गुमाएको उल्लेख गरिएको छ र उनको आत्माको चीर शान्तिको कामनासहित शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरिएको छ ।
विसं १९७६ सालमा जन्मिएका सिंहले विसं २००३ देखि सरकारी सेवामा बडाहाकिम पदबाट सेवा प्रारम्भ गरेका थिए भने सिंहले २०१३ साल जेठ ८ गते प्रधानन्यायाधीश नियुक्त भई २०१६ असार १५ गतेसम्म काम गरेका थिए । सप्तरी जिल्लामा जन्मिएका सिंहको ९९ वर्षको उमेरमा निधन भएको हो ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :