आन्तरिक हवाई उडान तथा लामो दूरीको यातायात असोज ५ गतेबाट सूचारु ।



प्रकाशित: भदौ ३०, मंगलवार, काठमाडौँ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अन्तरजिल्ला यातायात र आन्तरिक हवाई उडान असोज ५ गतेबाट सुचारु गर्न दिने निर्णय गरेको छ ।

सरकारले चैतमा लकडाउन घोषणा गरेयता आन्तरिक उडान र यातायात बन्द गरेको थियो ।

अन्तराष्ट्रिय उडान र जिल्ला भित्र यातायात सञ्चालनमा आएपनि लामो दुरीको यातायात र आन्तरिक हवाई उडान सूचारू हुन सकेको थिएन भने हिजो बसेको मन्त्रिपरिषद्को बैठकले यी दुवै असोज ५ गतेदेखि खुला गर्ने निर्णय गरेको पर्यटन मन्त्री योगेश भट्टराईले जानकारी दिए ।

मन्त्री भट्टराईका अनुसार स्वास्थ्यसम्बन्धि मापदण्ड पालना गरेर आन्तरिक हवाइ उडान र सार्वजनिक लामो दूरीका यातायात खोल्ने निर्णय भएको हो ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार