नोबेल शिक्षण अस्पतालमा पीसीआर परीक्षण सुरु, १ हजार ५ सय ५० रुपैयाँमा परिक्षण गर्न सकिने।


Nobel hospital

प्रकाशित: असोज १२, सोमबार, विराटनगर । 
प्रदेशका ल्याबहरुमा स्वाबको चाप बढेर परीक्षणको रिपोर्ट आउँन ढिलाइ भइरहेका बेला विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले सोमबारबाट पीसीआर परीक्षण सुरु गरेको छ ।

एक महिना अघिनै पीसीआर ल्याब तयार गरेर परीक्षणको सम्पूर्ण तयारी पुरा गरेको नोबेल अस्पतालमा सरकारीस्तरबाट अनुमति दिन ढिलाइ भइ आइतबार परीक्षणको अनुमति पाएपछि सोमबारबाट पीसीआर परीक्षण थालिएको नोबेल शिक्षण अस्पतालका सञ्चालक डा।सुनिल शर्माले जानकारी दिए ।

कोरोना परीक्षणका लागि दुई वटा अत्याधुनिक अमेरीकन पीसीआर मेसिन ल्याएको नोबेलले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट परीक्षणको अनुमति आएसँगै पीसीआर परीक्षण थालेको हो ।


बेग्लै ल्याब निर्माण गरेर पीसीआर परीक्षण थालेको नोबेल अस्पतालले एक दिनमा दुई हजार स्वाब परीक्षण गर्न सकिने र ४ देखि ६ घण्टा भित्रै रिपोर्ट दिनसकिने नोबेलका बरिष्ठ ल्याब अधिकृत गणेश कुमार सिंहले जानकारी दिए भनी नोबेल शिक्षण अस्पतालले मूलुककै सबैभन्दा सस्तो पीसीआर परीक्षण शुल्क १ हजार ५ सय ५० रुपैयाँ तोकेको छ । यससंगै अब उपभोक्ताले नेपालकै सबैभन्दा सस्तो मूल्य रु १५५० रुपैयाँमा विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा पिसिआर परीक्षण गर्न सक्नेछन्।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार