नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन, २०७६ संशोधन गर्दै अब बैंकका सञ्चालक, प्रमुख कार्यकारी अधिकृतसहित उच्च व्यवस्थापनमा रहेका कर्मचारीहरुले पनि व्यक्तिगत नाममा कर्जा लिन नपाउने भएका छन् ।
यसअघि बैंकका सञ्चालक समिति सदस्यहरु र सीईओले तोकिएका बाहेक शिर्षकमा मात्रै कर्जा पाउँथे भने अन्य व्यक्तिगत कर्जा नपाउने व्यवस्था थियो । तर अब उच्च व्यवस्थापन तहका कर्मचारीहरुले पनि यस्तो कर्जा नपाउने नेपाल राष्ट्र बैंकद्वारा जारी संशोधित निर्देशनमा उल्लेख गरिएको छ ।
राष्ट्र बैंकका अनुसार उच्च व्यवस्थापन तहको पदाधिकारी भन्नाले बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतभन्दा दुई तह मुनिसम्मको पद धारण गरेको व्यक्तिहरु बुझिन्छ भने यी पदाधिकारीहरुले शिक्षा कर्जा, हायर पर्चेज कर्जा, घर कर्जा, वा घरायसी प्रयोजनका सामग्री कर्जाबाहेक व्यक्तिगत नाममा अन्य कुनै किसिमका कर्जा लिन पाउने छैनन्’ ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :