इटालीका वैज्ञानिक भन्छन् कोरोना भाईरस् कमजोर भैसक्यो, अबआफै हराएर जान्छ |



प्रकाशित भदौ २१ आइतवार, काठमाडौँ । 
कोरोना भाइरसको उत्पत्ति चीनको वुहान शहर बाट भएको हो। झण्डै आठ महिना देखिइन् विश्वभरी फैलिएको यो महामारी नेपालमा सुरु भएको पनि ६ महिना हुन लागेको छ ।

सुरुवाती समयमा इटाली अमेरिका ब्राजिल जस्ता देशहरुमा संक्रमणको गति तीव्र थियो भने मृत्यु हुनेको सङ्ख्या पनि निकै बढी थियो। कुनैबेला इटालीमा निकै उग्र रूप लिएको यो कोरोना भाइरसको क्षमता कम हुँदै गएको इटालीकै एक वैज्ञानिकले दाबी गरेका छन् ।

रोग विशेषज्ञहरूका अनुसार यो भाइरसको छमता कम हुँदै गएर आफै हराउने छ। सान मार्टिनो अस्पतालमा इन्फेक्सियस डिजिज क्लिनिकका प्रमुखस डाक्टर माटेओ बसेटीले यस्तो दावी गरेको अमेरिकावाट प्रकाशित न्युयोर्क पोष्टमा उल्लेखित गरिएको छ । उनका अनुसार मार्च र अप्रिलको शु’रुको तुलनामा अहिलेको अवस्थामा निकै कमजोर भइसकेको र रोकथाम गर्न सकिने अवस्थामा पुगेको छ । सुरुको समयका भा’इरसको शक्ति बढी हुने भएकाले मानिसलाई भाइरसले धेरै च्याप्ने धेरै विरामीलाई अक्सिजन दिएर भेन्टिलेसनमा राख्नुपर्ने अवस्था थियो भने अहिले त्यो अवस्थाका विरामी निकै कम भएको र त्यसरी आउने विरामीम निमोनियाको समस्या देखिएको उनले बताए।

केही वैज्ञानिकहरुले कोरोना अझ केही वर्ष रहने दावी गर्दछन् भने बसेटीले शोधकर्ताहरुले खोप विकास गर्नुभन्दा पहिला नै कोरोना भाइरस हराउन सक्ने दावी पनि गरेका छन् ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार