राष्ट्रिय सभामा मनोनित वामदेव विरुद्धको मुद्दा प्रधानन्यायाधीशसहित पाँच जनाको संवैधानिक इजलासमा ।



प्रकाशित: असोज १४, बुधवार, काठमाडौँ ।
नेकपाका उपाध्यक्ष वामदेव गौतम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रियसभा सदस्यमा मनोनित भएलगत्तै गौतम विरुद्ध सर्वोच्च अदालतमा मुद्धा दायर भएको थियो ।

सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजालसले गौतमलाई थप संवैधानिक जिम्मेवारी नदिनू अन्तरिम आदेश जारी गर्दै असोज ७ गते मुद्दालाई संवैधानिक इजालसमा पठाएको थियो भने गौतमविरुद्ध परेको मुद्दामाथि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित ५ न्यायाधीशको संवैधानिक इजलासमा बहस हुने भएको छ।

आजदेखि बहस सुरू हुने पूर्ण इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ , ईश्वरप्रसाद खतिवडा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा रहेका छन्।


२०७४ को निर्वाचनमा बर्दिया क्षेत्र नं १ बाट पराजित भएका गौतमलाई मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा सदस्यमा मनोनित गरेकी थिइन् भने मनोनयन लगत्तै गौतमलाई मन्त्रिपरिषद्ले राष्ट्रिय सभा सदस्यमा गरेको सिफारिस र राष्ट्रपतिबाट भएको मनोनयन बदर गर्न अन्तरिम आदेश, मन्त्री नबनाउन प्रतिषेधको आदेश र राष्ट्रियसभा सदस्यमा नियुक्तिका लागि मापदण्ड जारी गर्न परमादेश माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट दायर गरेका थिए ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार