काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा थप एकसाताका लागि लम्बिने ।



प्रकाशित: भदौ १७, बुधबार, काठमाडौँ ।
काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा थप एक साताका लागि लम्बिएको छ । गृह मन्त्रालयसँग छलफल गरेपश्चात उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले निषेधाज्ञा थप गर्ने निर्णय गरेका हुन् । निषेधाज्ञा भाद्र २४ गते सम्मका लागि थप गरिएको छ ।

निषेधाज्ञा थप गरिए पनि यसपटक सेवा तथा व्यवसाय सञ्चालनका लागि के खुकुलो पारिएको छ । औषधि, खाद्यान्न तथा अत्यावश्यक वस्तु खरिद बिक्रीमा यसअगाडि पनि रोक लगाइएको थिएन । यद्यपि बाहिर निस्किएको अवस्थामा नगरवासीहरुले अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने भनिएको थियो । 

नियमित सेवा प्रदान गर्नुपर्ने कार्यालय जानी कर्मचारीहरु बिहान ९ बजे देखि १०:३० सम्म र बेलुका ३ बजेदेखि साढे ५ बजेसम्म आवतजावत गर्न सकिने भनिएको थियो । यसपटक पनि केही सेवालाई सञ्चालन गर्नका लागि छुट दिइएको छ । 

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार