त्रसित छ मानव जगत बन्द छन् महल पनि
ठप्प छ्न यातायात स्कुल मन्द छ्न् पसल पनि।
काम छैन, दाम छैन मुखमा माड हाल्न गाह्रो
केले मेटौँ,केले टारौँ भोक प्यासको तलतल पनि।
खाद्यान्न र तरकारीमा मनपरीको व्यापार भयो
किनी खाने पैसा छैन बल्न छाड्यो मकल पनि।
जिउँदो हुँदा नेगेटिभ र मरे पछि पोजेटिभको
कैले सम्म चल्ने हो यो कोरोनाको हलचल पनि।
त्रसित छ मानव जगत बन्द छन् महल पनि
कैले सम्म चल्ने हो यो कोरोनाको हलचल पनि।
गजलकार : मनिष पोखरेल
विराटनगर ३, मोरङ
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :