नेपाली सेनाले खोल्यो कालापानी जाने घोरेटो बाटोको ट्रयाक ।


Nepal Army

प्रकाशित: असोज ११, आइतबार ।
जेठ ९ गतेदेखि काम सुरू गरेको नेपाली सेनाले चार महिना बढी लगाएर कालापानी क्षेत्रको व्यासको घाँटीबगर इलाकामा कडा चट्टान रहेको भिरमा ५५० मिटर घोरेटो बाटोको ट्रयाक खुलाएको छ।

घाँटीबगर क्षेत्रमा बाटो अवरूद्ध हुँदा व्यास गाउँपालिकाको वडा नं १ छांगरु र तिंकरका बासिन्दालाई आवतजावत गर्न समस्या भएपछि, मौसम प्रतिकुल नहुनु, कडा चट्टानी भूगोल र सामान ढुवानीमै समय लागेका कारण ट्रयाक खुलाउने काम ढिलाइ भएपनि नेपाली सेनाले अप्ठ्यारो ठाउँमा बाटोको ट्रयाक खुलाएको नेपाली सेनाका प्रवक्ता एवं सहायकरथी सन्तोषबल्लभ पौडेलले जानकारी दिए।

पौडेलका अनुसार सफाइ गर्ने काम एक दुई दिनभित्र सकिएपछि यो बाटो खुलेसँगै व्यासका बासिन्दालाई जोखिमपूर्ण मानिएको क्षेत्रमा बाटो सहज हुने भएको छ भने व्यासको छांगरुको ११७ र तिंकरको ८७ घरधुरीका बासिन्दालाई व्यासको छांगरु र तिंकरका बासिन्दा कात्तिक महिनामा सदरमुकाम खलंगा कुञ्चा झर्न सहज हुने भएको छ ।

चट्टानी भूगोलले केही ढिलाइ भए पनि घाँटीबगरमा सेनाले बनाएको बाटोमा ट्रयाक राम्रो खुलेको र स्थानीयका लागि सहजरूपमा आवतजावत गर्न मिल्ने गरी बाटो निर्माण भएको व्यास–२ का बासिन्दा हरकसिंह कार्कीले बताएका छन्।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार