आन्तरिक उडान रोक्ने संसारको एक मात्र मुलुक नेपाल |


प्रकाशित: भदौ २४, बुधबार, काठमाडौँ ।
संसारभर स्वास्थ्य प्रोटोकल पालना गर्दै आन्तरिक उडान सुचारु भइसक्दा पनि कोभिड–१९ को संक्रमण जोखिमको कारण देखाउँदै आन्तरिक उडान रोक्ने संसारभरमै नेपाल एउटा मुलुकमात्र बाँकी रहेको छ ।

आन्तरिक वायुसेवा सञ्चालकहरुको छाता संगठन (वायुसेवा सञ्चालक संघ) ले पटक–पटक आन्तरिक उडान सूचारुको निर्णय हुने फेरि स्थगन हुने क्रम चलिरहेका बेला ५ महिनादेखि बन्द रहेको नियमित आन्तरिक उडानलाई असोज १ बाट जसरी पनि पुन: उडान सूचारुका लागि मंगलबार दबाबमूलक विज्ञप्ती जारी गरेको छ।

बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्र बहादुर बस्नेतका अनुसार संसारमा यतिलामो लकडाउन र आन्तरिक उडान रोक्ने हाम्रो देश नेपालमात्रै हो। संसारभर सबै सेक्टर स्वास्थ्य मापदण्ड अनुसार खुला भइसकेका छन् तर हाम्रो सरकारले यातायात क्षेत्र रोकेर अर्थतन्त्रलाई झन अप्ठ्यारो अवस्थामा पुर्‍याउँदै बेरोजगारी र गरिबी बढाइरहेको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार