विराटनगरका मेयर भीम पराजुली र उपमेयर इन्दिरा कार्कीको पिसिआर रिपोर्ट नेगेटिभ ।



प्रकाशित: असोज २, शुक्रबार, बिराटनगर ।
प्रमुख प्रशासकीय अधिकृत ईन्द्रमणि पोखरेल र मेयर पराजुलीका सवारी चालकलाई कोरोना संक्रमण पुष्टि भएपछि कन्ट्याक ट्रेसिङमा परेका विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, उपमेयर इन्दिरा कार्कीको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । 

आइतबार प्रमुख प्रशासकीय अधिकृत पोखरेललाई र सोमबार मेयर पराजुलिका सवारीचालकमा ‌संक्रमण देखिएपछि मेयर पराजुलि क्वारेन्टिन मा बसेका थिए भने बिहीबार राति कन्ट्याक ट्रेसिङमा परेका मेयर भीम पराजुली, उपमेयर इन्दिरा कार्कीसहित महानगरका १४ कर्मचारीको रिपोर्ट नेगेटिभ आएको हो छ।

प्रमुख प्रशासकीय अधिकृत पोखरेललाई संक्रमण देखिएपछि आइतबार बन्द भएका अत्यावश्यक बाहेकका सेवाहरु आउने आइतबार बाट पुनः सुचारु हुने भएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार