गाँजा खेती गर्न पाकिस्तानी सरकारको अनुमति ।



प्रकाशित: भाद्र १९, शुक्रबार, एजेन्सी ।
पाकिस्तान सरकारले औषधिय प्रयोजनका लागि औद्योगिक गाजा खेतीका लागि अनुमति दिएको छ । 

पाकिस्तानको मन्त्रिपरिषद्ले मंगलवार गाँजा र भाङको औषधिय र औद्योगिक रुपमा उत्पादन र विक्री वितरणको लागि स्वीकृति दिएको हो । विभिन्न सरकारी विभागहरुको ब्यापक छलफल पश्चात उक्त किसिमको अनुमति सरकारले दिएको हो । 

क्यानिविदियोल ( सिविडी ) उत्पादनका लागि उन्नत किसिमका बीउहरु आयात गरिने भएको छ। गाजा खेतीबाटै आउने तीन वर्षभित्रमा करिब १ अर्ब डलर राजस्व आर्जन गर्ने उद्देश्य रहेको छ । यो निर्णयले पाकिस्तानलाई अर्बौ डलरको सीबीडी बजारमा प्रवेश गराउन मार्ग प्रसस्त गरेको त्यहाँका विज्ञान तथा प्रविधिमन्त्री फवाद चौधरीले एक ट्विटमा भनेका छन् ।

गाँजाको बीउबाट तेल उत्पादन गरिन्छ, यसको पात औषधी बनाउन प्रयोग हुन्छ भने डाँठबाट फाइबर निकालिन्छ । पछिल्लो समय टेक्सटाइल उद्योगमा कपासको सट्टा गाँजाको डाँठबाट तयार पारिएको फाइबर प्रयोग गर्ने क्रम बढ्ने क्रममा छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार