सरकारीमा परीक्षण नगरे बीमितले रकम नपाउने ।



प्रकाशित: भदौ २०, शनिबार, काठमाडौँ ।
कोरोना संक्रमण बढ्दै गएपछि कोरोना बिमा गर्नेको संख्या बढी छ ।२० वटा बिमा कम्पनी हरुबाट झण्डै १२ लाखले बीमा गरिसकेका छन् भने बीमा कम्पनीहरूको कूल आम्दानी ७५ करोड रुपैयाँ भन्दा बढी पुगेको छ ‌।

विभिन्न तरिकाको फाइदा हुने प्रलोभन लेखा गरेका कोरोना बीमा, कम्पनीहरुले अहिले भने संक्रमण पुष्टि हुँदा समेत भुक्तानी दिन आनकानी गरेका छन् ।

बिहीबार सम्म मात्रै १४६७ ले  सबै प्रक्रिया पुर्‍याएर बीमाका लागि आवेदन दिएका थिए जसमध्ये २३९ जनाले मात्रै भुक्तानी पाएका छन् । २१३ जनाले जनही एक लाख रुपैयाँ र २६ जनाले जनही ५० हजार रुपैयाँ भुक्तानी प्राप्त गरेका छन्।

सामुहिक बीमा गर्दा एक लाखका लागि ६ सय र ५० हजारका ३ सय रुपैयामा गर्न पाउने व्यवस्था छ भनी एकलमा एक लाखको लागि रू १०००l र ५०००० को लागि रु ५०० तिनुपर्ने व्यवस्था बीमा समितिबाट गरिएको छ। 

संक्रमितको संख्या बढ्दै गएपछि बीमा कम्पनीहरुले भुक्तानी गर्न विभिन्न बाहनामा आनाकानी गर्दै आइरहेका छन् । सरकारले मात्रै धान्न नसकेपछि सरकारले कोभिड-१९ परीक्षण गर्ने अधिकार निजी क्षेत्रलाई दिएपनि बीमा समितिले निजीक्षेत्रबाट परीक्षण गरिएका संक्रमितहरूको भुक्तानी नदिने निर्णय गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय माताहतको निकायबाट कोरोना परीक्षण गराएर पीसीआर रिर्पोट पोजिटिभ आएमात्रै बीमा दावी भुक्तानी दिने मापदण्ड बीमा समितिले बनाए लगतै अर्थमन्त्रालयबाट समेत स्वीकृत भइसकेको छ।

धेरै नक्कली रिपोर्ट आउन सक्ने भएकाले यस्तो मापदण्ड स्वीकृत गरिएको अर्थमन्त्रालयका सहसचिव झक्कप्रसाद आचार्यले बताए भने बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार नक्कली रिपोर्ट ल्याएर बीमा दावी भुक्तानी हुने गरेको गुनासो आएकाले यस्तो नियम बनाउनुपरेको हो।

तर सरकारी मान्यता प्राप्त प्रयोगशालाबाट गरिएको परीक्षण अमान्य भने नहुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रा. डा. जागेश्वर गौतमले बताए ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार