विभिन्न विकल्पसहित कक्षा १२ को परीक्षा सञ्चालन गर्न मन्त्रिपरिषद्लाई प्रस्ताव ।



प्रकाशित: असोज १४, बुधवार, काठमाडौँ ।
गत वैशाख ८ गतेदेखि तोकिएको कक्षा १२ को परीक्षा कोभीड-१९ को संक्रमण रोक्न गत चैत ११ गतेदेखिको बन्दाबन्दीका कारण स्थगन भएको थियो भने परीक्षा सञ्चालनका लागि विभिन्न विकल्प सिफारिस भए पनि निर्णयमा ढिलाइ भएको छ ।

कोरोना महामारीको संक्रमणले गर्दा परीक्षा लिनसक्ने स्थिति नभएमा कूल १०० पूर्णाङ्कमध्ये ४० नम्बरको अनलाइन परीक्षा, २० नम्बरको प्रयोगात्मक र कक्षा ११ को कूल प्राप्ताङ्कलाई बाँकी ४० नम्बरमा गणना गर्ने वा परीक्षा नलिई आन्तरिक मूल्याङ्कन र कक्षा ११ को प्राप्ताङ्कलाई ५०-५० प्रतिशत मानी प्रमाणीकरण गर्नेलगायत विकल्पसहित गत महिना राष्ट्रिय परीक्षा बोर्डले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत् मन्त्रिपरिषदमा प्रस्ताव गरेको थियो। तर हालसम्म निर्णय नहुँदा अभिभावक र विद्यार्थी अन्योलमा परेका छन्।

तत्काल निर्णय नभए दसैंअगाडि परीक्षा सञ्चालन गर्न नसकिने र दशै पछाडि हिमालय भेगमा परीक्षा संचालन गर्न कठिनाई उत्पन्न हुने देखिन्छ।


४० नम्बरका लागि अनलाइनमा परीक्षा गराउँदा खुला पुस्तक परीक्षा (ओपन बुक एक्जाम) हुने भएकाले यसको विश्वसनीयता र सबै स्थानमा अनलाइनको पहुँचको सम्भाव्यताबारे प्रश्न उत्पन्न भएको छ भने यस्तो स्थितिमा आन्तरिक मूल्याङ्कन र कक्षा ११ को नजितालाई ५०/५० प्रतिशत मानेर प्रमाणीकरण गराउने विकल्प बलियो हुनसक्ने जनाइएको छ।

अनलाइनमा पहुँच नहुनेले सूचना प्रविधिका अन्य माध्यमलाई पनि प्रयोग गर्नसक्ने गरी पठनपाठन गराउन भने सरकारले गत भदौ १९ गते विद्यार्थी सिकाइ सहजीकरण निर्देशका–२०७७ जारी गरेपनि 

अनलाइन परीक्षा भएमा परीक्षाका लागि समय कति, परीक्षा केन्द्र कहाँ राख्ने, प्रश्न कसरी विद्यार्थीमा पु¥याउने, उत्तरपुस्तिका कसरी सङ्कलन र मूल्याङ्कन गर्ने र नतिजा कहिलेसम्म प्रकाशन गर्ने जस्ता प्रश्न उत्पन्न भएको छ।

कक्षा १२ को परीक्षा बोर्ड परीक्षा भएको र यसको अन्तर्राष्ट्रिय समकक्षतासमेत हुनुपर्ने भएकाले कुनै न कुनैरूपमा परीक्षा गराउने पक्षमा आफूहरू रहेको शिक्षामन्त्री गिरिराजमणी पोखरेलले बताएका छन्।

तर मन्त्रिपरिषदबाट निर्णय भई नआएसम्म यसबारे केही भन्न नसकिने दिइएका विकल्पबाटै निर्णय हुनसक्ने मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार