कोसी किनारमा
हिजोअस्ति जस्तै लाग्छ
कोसी नदीमा डुबल्कि मारे पछि,
बलौटे किनारमा घाम ताप्दै
नियाल्दा भन्थे दाजु, काका, हजुरबाहरुले
'भाई रमाईलो गर'।
निलगगन, निर, ढुङा र पहाडहरु जस्तै
अल्लारे मलाई ठिटिहरुले पनि मस्कि मस्कि हेर्ने गर्थे।
आजफेरी
सप्तकोसी नदीमा पौडी खेले पश्चात
घमाईलो किनार नियाल्दै मात्र के थिए,
'अंकल रमाईलो गर्या’ भन्दिए
भाई, भातिज , ठिटिहरुले।
हे गगन, निर, ढुङा र पहाडहरु,
तिमीहरुले अड्चालिस बसन्तहरु काटेका छैनौ र ?
फेरी तिमीहरुमा जस्तै तरुण मबाट कसरी हरायो ?
- डा. बिमल किसोर श्रीवास्तव
उप-प्राध्यापक, स्नात्तकोत्तर क्याम्पस
बिराटनगर
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :