निषेधाज्ञामा सवारीसाधन: भनाइमा जोर विजोर , गराइमा न जोर न विजोर |


प्रकाशित: भाद्र १८, बिहिबार, विराटनगर ।

मोरंग जिल्लाको पछिलो चरणको निशेधाज्ञा थप गरिएको सुचनामा सवारीसाधनको आवतजावतमा जोर विजोर प्रणालि लागु गरिने भनिएको थियो । उक्त जारि सुचनामा, पशल, व्यवसायहरु अझ खुकुलो पार्ने, तर भिड भाड नियन्त्रण तथा सन्तुलन कायम गर्न सवारीसाधनको आवतजावतमा जोर विजोर प्रणाली लागु गरिने भनिएको थियो ।


तर, भनाइमा र गराइमा निकै फरक देखिएको छ मोरंग जिल्लाका सडकमा । पुर्व पश्चिम राजमार्ग र बिभिन्न क्षेत्रका भित्रि सडकहरुमा सवारी साधनहरु निस्फिक्री गुडिरहेका छन् । गुड्ने साधनहरुमा न त जोर न त बिजोर, सबै किसिमका नम्बर प्लेट भएका साधनहरु छन् । साना गाडि, बाइक, सफारी , अटो, ट्रयाक्टर, टिपर, लगायत अन्य सवारी साधनहरु जोर या विजोर प्रणालि नअपनाई गुडिरहेको देख्न पाइन्छ । 


यसलाई नियन्त्रण गर्न कुनै किसिमको कडाइ भएको पनि देखिदैन । जोर गते जोर नम्बरप्लेट भएका साधन र विजोर गते विजोर नम्बरप्लेट रहेका सवारी साधन गुड्नुपर्ने हो , तर त्यसको पालना भने फिटिक्कै नभएको देखिन्छ । यसका कारणले गर्दा विराटनगरक मुख्य सडक, पशल, बैंक हरुमा भिड अत्यन्तै बढेको देख्न सकिन्छ ।

फोटो फिचर :




.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार