नेपालमा बुधबार बिहान ५:१९ बजे गएको भूकम्प ५.३ म्याग्निच्यूटको |


प्रकाशित: भाद्र ३१, बुधबार, सिन्धुपाल्चोक ।
अर्थक्वेक ट्र्याकले जनाए अनुसार नेपालमा बुधबार आएको भूकम्प ५.३ म्याग्निच्युडको हो तर राष्ट्रिय भूकम्प मापन केन्द्रले भने ६.० म्याग्निच्युडको भूकम्प गएको जनाएको छ ।
नेपालमा बुधबार बिहान ५:१९ बजे ५.३ म्याग्निच्यूटको भूकम्प गएको छ । उक्त भूकम्पकाे धक्का काठमाडौँ उपत्यकासहित नेपालका विभिन्न जिल्लामा महसुस गरिएको थियो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले सिन्धुपाल्चोकको राम्चे लाई केन्द्रविन्दु बनाएर भूकम्प गएको जनाएको छ । स्रोतका अनुसार हालसम्म सिन्धुपाल्चोक जिल्लामा कुनै किसिमको क्षतिको विवरण आएको छैन । 

अर्थक्वेक ट्र्याकले जनाए अनुसार नेपालमा बुधबार आएको भूकम्प ५.३ म्याग्निच्युडको हो तर राष्ट्रिय भूकम्प मापन केन्द्रले भने ६.० म्याग्निच्युडको भूकम्प गएको जनाएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार