शिक्षा पत्रकार समूहद्वारा प्रदेश १ को समन्वय समिति घोषणा ।



प्रकाशित: असोज १२, सोमबार, बिराटनगर । 
शिक्षा पत्रकार समूहले झापाकी पत्रकार राधा खनालको संयोजकत्वमा ९ सदस्यीय प्रदेश १ को समन्वय समिति घोषणा गरेको छ । 

असोज १२ गते भर्चुअल अन्तरक्रिया कार्यक्रम गरी प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको प्रमुख आतिथ्यतामा समन्वय समिति घोषणा गरिएको हो ।

शिक्षा पत्रकार समुहको प्रदेश १ समन्वय समितीको सदस्यहरुमा कुमार लुइँटेल (बाह्रखरी डट कम, विराटनगर), सुमन सुस्केरा (उज्यालो रेडियो नेटवर्क, विराटनगर) प्रकाश तिमिल्सिना (प्रदेश पोर्टल, इटहरी) राम योङहाङ (नयाँ बुलन्द डटकम, इलाम) रहेका छन ।


समितीको सदस्यहरुमा बन्दना दनुवार (रेडियो उदयपुर, उदयपुर), प्रदिपचन्द्र राई (अन्नपूर्ण पोष्ट दैनिक, भोजपुर), उपेन्द्र येक्तेन खाम्सा (इगल एफएम, पाँचथर) र सुम्निमा चाम्लिङ (कान्तिपुर दैनिक, धरान) रहनुभएकाे छ ।

शिक्षा पत्रकार समुहको सात वटै प्रदेश संयोजकहरु भने समुहले गत २२ साउनमा नै तय गरि सकेको छ । अहिले प्रादेशिक तहमा सांगठनिक संरचना विस्तार गर्ने क्रममा समन्वय समिती विस्तार गरेको हो । समिति विस्तारका क्रममा वर्तमान शिक्षाका समस्या र समाधान विषयमा अन्तरक्रिया समेत भएकाे थियाे । अन्तरक्रिया कार्यक्रममा बोल्दै विभिन्न विद्यालयका शिक्षक, प्रधानाध्यापक र पालीकाका उपाध्यक्षहरुले वर्तमान शैक्षिक समस्यालाई विकेन्द्रीत ढंगमा समाधान गर्नुपर्नेमा जाेड दिनुभएकाे थियाे । शिक्षा पत्रकार समूहका केन्द्रीय अध्यक्ष तुला अधिकारीले उक्त कार्यक्रमकाे शुरुवात गर्नुहुँदै शिक्षा सुधारमा शिक्षा पत्रकारिताकाे आवस्यकतामाथी जाेड दिनुभएकाे थियाे ।


एक नं प्रदेश संयाेजक राधा खनालकाे अध्यक्षतामा भएकाे भेलामा वाेल्दै सामाजिक विकास मन्त्री जीवन घिमिरेले काेराेना समस्यावाट सतर्क हुँदै जीवनशैलीलाई सहज वनाउनु पर्नेमा जाेड दिनुभयाे । साथै मन्त्री घिमिरेले अब विद्यालयहरुले सरकारकाे निर्देशन पर्खिने भन्दापनि आफ्नो आफ्नो  परिस्थितिलाई आँकलन गर्दै सिकाइ सहजीकरण गर्नु पर्ने वताउनु भएकाे थियाे ।

राष्ट्रिय टाईम्सका लागि शिक्षा पृष्ठ संयोजक सन्तोष पोखरेलले पठाउनुभएको खबर ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार