मोरङमा निषेधाज्ञा थपियो, जोर बिजोर प्रणाली यस किसिमको ।



प्रकाशित: भाद्र २२, सोमबार, विराटनगर ।
मोरङमा जिल्लामा कोरोना संक्रमणका कारण २३ जनाको मृत्यु भएको र जिल्लाभरी कूल १८५८ जना संक्रमित भएको भन्दै, विराटनगर लगायत मोरङका सम्पूर्ण क्षेत्रमा निशेधाज्ञा थप भएको छ । 

मोरङ्ग जिल्ला प्रमुख कोष हरी निरौलाले, एक विज्ञप्ति जारी गर्दै, आज राती १२:०० बजे देखि लागू हुने गरी, भाद्र २८ गते राति बाह्र बजेसम्मका लागि निषेधाज्ञा थप भएको जानकारी दिएका हुन् । निषेधाज्ञा जारी गरिएपनि, अघिल्ला दिनहरूमा भन्दा केही खुकुलो पारिएको छ । पसल व्यवसाय हरु बेलुकी ७ बजेसम्म सञ्चालन गर्न सकिने भनी विज्ञप्तिमा उल्लेख छ । 

त्यस्तै, निजी सवारी साधनहरुमा जोर बिजोर प्रणाली लागू गरिएको छैन । तर सिटी रिक्सा, सफारी, अटो लगायतका यात्रु बोक्ने सवारी साधनले भने जोर बिजोर प्रणाली अपनाई सवारी गुदाउनुपर्ने विज्ञप्तिमा उल्लेख छ । त्यस्तै, अन्य सार्वजनिक सवारी साधन भने बन्द नै रहने छन् ।

यस अघि , कार, मोटर साइकल लगायतका निजी सवारी साधन हरुमा समेत जोर बिजोर प्रणाली लागू गरिएकोमा, यस पटक भने त्यसो नभएको कुरा, विज्ञप्तिमा रहेको छ ।

सूचना:


.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार