नेपालकै सबैभन्दा सस्तो पीसीआर परीक्षण, केएमसीमा ।



प्रकाशित: भदौ २२, सोमबार, काठमाडौँ । 
सरकारले तोकेको भन्दा १ हजार ९ सय १ रुपैयाँ कम शुल्कमै काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले पीसीआर परीक्षण गर्ने भएको छ ।

केएमसीले गत साउन १ गतेबाट पीसीआर परीक्षण थालेको हो तर बिराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालकसमेत रहेका डा.सुनिल शर्माले भदौ १५ गतेबाट केएमसी अध्यक्षको जिम्मेवारी सम्हाले लगत्तै महत्वपूर्ण निर्णय लिदै केएमसीमा मूलूककै सबैभन्दा सस्तो दरमा पीसीआर परीक्षण गर्ने वातावरण मिलाएका हुन् ।

अहिले सरकारले कोरोना परीक्षणका लागि पीसीआर परीक्षण शुल्क ४ हजार ४ सय तोकेको छ भने सोमबारबाट लागु हुँने गरी केएमसीले एकै पटकमा २० वटा स्वाब परीक्षण गराउँने संघ सस्थालाई २ हजार ४ सय ९९ र सर्वसाधरणका लागि २ हजार ५ सय ९९ मै पीसीआर परीक्षण गर्ने व्यवस्था मिलाएको हो ।

अध्यक्षको कार्यभार सम्हालेको दुई दिन भित्रै ओपीडी निःशुल्क गराएका डा.शर्माले तीन वटा महत्वपूर्ण निर्णय लिएका थिए भने अहिले कोरोना संक्रमितको उपचार हुने वातावरण पनि मिलाएका छन् ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial