प्रदेश १ को स्थायी राजधानी विराटनगरमा प्रदेशसभाको भवन शिलन्यास ।



प्रकाशित: असोज २, शुक्रबार, विराटनगर ।
प्रदेश नम्बर १ को स्थायी राजधानी विराटनगर घोषणा गरिए को डेढ वर्षपछि असोज १ गते बिहीबार प्रदेशसभा भवन निर्माणको शिलान्यास भएको छ । प्रदेश सभामुख प्रदीप भण्डारीले भवनको शिलन्यास गरेसंगै प्रदेशसभा कहाँ राख्ने भन्ने विवादको अन्त्य भएको छ ।

विराटनगरलाई केन्द्रमा राखेर विराटचोक, इटहरी, इनरुवासहितका क्षेत्रलाई बृहत् विराट क्षेत्र लाई प्रदेश नम्बर १ को स्थायी राजधानी घोषणा गरिएपनि अधिकांश प्रदेशसभा सदस्य स्थायी राजधानी विराटनगरभन्दा बाहिर हुनुपर्छ भन्ने अडानमा थिए तर कार्यव्यवस्था परामर्श समितिको बैठकले विराटनगरमै बनाउने निर्णय गरेपछि बिहीबार विराटनगरमै शिलान्यास गरिएको छ।

प्रदेशसभा रहेकै स्थानमा २ करोड ५१ लाख ८१ हजारमा भवन निर्माणका लागि ठेक्का लागेसँगै बिहीबारबाट निर्माणको कार्य सुरु भएको छ ।

भवन उद्घाटन समारोहमा बोल्दै प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले राजधानी विराटनगरबाट सार्न नहुने भन्दै सरोकारवालाले आवाज उठाएपनि कुनै सहयोग नगरेको भन्दै बिराटनगर महानगर पालिका प्रति घुमाउरो पाराले गुनासो व्यक्त गरेका छन् ।


कार्यक्रममा बोल्ने क्रममा मन्त्री आङ्बोले २१ वैशाख २०७६ मा विराटनगरका मेयर भीम पराजुलीले राजधानीका लागि संरचना बनाउन ५० विगाह जग्गा दिने भन्दै प्रदेश सभामुख प्रदीपकुमार भण्डारी र मुख्यमन्त्री शेरधन राईलाई ज्ञापनपत्र बुझाए पनि अहिलेसम्म ५० पाइला पनि जमीन नदिएको आक्रोश व्यक्त गरेका छन्।

सपथ ग्रहणपछि लगभग मन्त्रीहरू झण्डै १५ दिन होटलमा बस्नुपर्दा कार्यालय र गाडीको अभाव भएको बेलापनि कुनै सहयोग नपाएको उनको गुनासो थियो ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार