अब विदेशी टेलिभिजन च्यानलहरुमा विज्ञापन राख्न नपाइने ।



प्रकाशित: अशोज ५, सोमबार ।
विकास तथा प्रविधि समितिले आउँदो कात्तिक ७ गते भित्र नेपालमा प्रसारण भइरहेका बिदेशी च्यानलहरुलाई विज्ञापन रहित बनाउन सरकारलाई निर्देशन दिएको छ। सोमबार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका सचिव लगायत विभिन्न पदाधिकारीहरुसँग छलफल गरेपश्चात समितिले अनुमति लिएर नेपालमा प्रसारण भइरहेका बिदेशी टेलिभिजन च्यानलहरुलाई विज्ञापनरहित ( क्लिन फीड ) बनाउन निर्देशन दिएको हो।

नेपालमा विज्ञापन नियमन गर्ने ऐन २०७६ को कार्यान्वयन २०७७ कार्तिक ८ गतेबाट सुधार हुँदैछ। त्यसकारण समितिले उक्त मितिभन्दा एक दिन अगावै नेपालमा क्लिन फीड सुरु गर्न निर्देशन जारी गरेको हो। 

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार