भारतको अत्याधुनिक मिसाइल हाइपरसोनिकको तीव्रता, ध्वनिभन्दा ६ गुणा बढी; परीक्षण सफल |


प्रकाशित: भदौ २४, बुधबार, भारत ।
भारतको रक्षा मन्त्रालयले सोमबार ओडिशा नजिकैको टापूमा अत्याधुनिक मिसाइल हाइपरसोनिकको सफल परीक्षण गरेको छ । स्क्रामजेट जेट इन्जिनसहितको हाइपरसोनिक क्रुज ९८ हजार ४ सय २५ फिट उचाईसम्म पुुगेको थियो र यसको तिव्रता आवाजको दाँजोमा ६ गुणा बढी भएको रक्षा मन्त्रालयले जानकारी दियो । 

यसअघि चीनले गत वर्षको अक्टुुबर तथा रुसले डिसेम्बरमा र अमेरिकाले मार्चमा यो हतियार परीक्षण गरेका थिए भने यस्तो मिसाइल तयार गर्ने अमेरिका, रुस र चीनपछि भागत चौथो देश बनेको छ ।

विद्यमान आणविक शक्ति रुस र अमेरिकाबीचको हाइपरसोनिक हतियार दौडबारे चिन्ता बढिरहेका बेला भारत पनि यो एलिट समुहमा सामेल भएको छ। चीन र भारतबीचको सीमा विवाद को बेला यस्तो मिसाइल परीक्षणले अर्थपूर्ण दृष्टिकोण रहेको देखिन्छ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार