वामदेव गौतम राष्ट्रियसभाका सदस्यमा मनोनित ।


वामदेव गौतम

प्रकाशित: असोज १, बिहिबार, काठमाडौँ ।
वामदेव गौतम राष्ट्रियसभाका सदस्यमा मनोनित भएका छन् । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतम सरकारको सिफारिसमा राष्ट्रियसभा सदस्यमा मनोनित भएका हुन् ।

उनलाई सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहिबार राष्ट्रिय सभा सदस्य मनोनित गर्नुभएको हो । राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले दिनुभएको जानकारी अनुसार गौतम राष्ट्रिय सभा सदस्य मनोनित भएका हुन् ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार