शैलङ इन्टरप्राइजेज र होनिको मल्टिपल को बैंक ग्यारेन्टी जफत गर्ने र कालोसूचीमा राख्ने निर्णय सदर ।



प्रकाशित: असोज ८, बिहिबार, काठमाडौँ ।
समयमा मल नल्याएपछि कृषि सामग्री कम्पनी लिमिटेडले दुई कम्पनीहरु शैलङ इन्टरप्राइजेज प्रालि र होनिको मल्टिपल प्रालिको बैंक ग्यारेन्टी जफत गर्ने र कालोसूचीमा राख्ने निर्णय गरेको थियो ।

दुई कम्पनीहरुले कारबाही रोक्नुपर्ने माग राखी दायर निवेदनमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। सरकारले गरेको कारबाहीलाई उच्च अदालत पाटनले ‘प्रारम्भिक रुपमा’ सदर गरेको हो।

भदौ २९ मा जारी भएको अन्तरिम आदेश रद्द गर्दै मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकनारायण कुँवरको इजलासले समयमा मल आपूर्ति नगरेका कारणले दुई ठेकेदारमाथि भएको कारबाही ‘स्वाभाविक’ देखिएको भनी टिप्पणी गरेको छ र ‘तोकिएको समयमा मल आपूर्ति गर्न नसकेमा बैंक ग्यारेन्टी जफतको प्रावधान सम्झौतामा नै छ’ आदेशमा उल्लेख गरिएको छ, ‘सरकारले कपटपूर्ण तरिकाले ग्यारेन्टी जफत गरेको भन्न देखिन नआएकाले अन्तरिम आदेश जारी गर्नु परेन भनी भदौ २९ को अन्तरिम आदेश खारेज गरिएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार