लोबुचे र मनास्लु हिमाल आरोहणका लागी बहराइनका राजकुमारलाइ नेपाल सरकारको स्वीकृति।



प्रकाशित: भदौ १६,  मंगलवार, काठमाडौँ ।
कोभिड–१९ पछी लकडाउनका  कारण संसारभरको पर्यटन बजार ध्वस्त भएसँगै नेपालको पर्यटन बजारको पनि शून्यमा झरेको छ । यसैबिच मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले १५ सेप्टेम्बर २०२० पछि बहराइनका राजकुमारसहित १५ बहराइनी र तीन ब्रिटिश नागरिकलाई चार्टर फ्लाइटबाट लोबुचे र मनास्लु हिमाल आरोहणका लागी नेपाल आउने अनुमति दिने भएको छ । 

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदले सो निर्णय गरेको हो र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्नुपर्ने गरी अनुमति दिइने नेपाल सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधि मन्त्री डा. युवराज खतिवडाले जानकारी दिए।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार