पहिरोमा परी पाँच जना बेपत्ता ।



प्रकाशित: असोज ८, बिहिबार, पाल्पा । 
पाल्पामा पहिरो जाँदा ५ जना बेपत्ता भएका छन् । पाल्पाको रम्भा गाउँपालिका मा पहिरो जाँदा पाँचजना बेपत्ता भएका हुन्। रम्भा गाउँपालिका वडा नम्बर २ का होमबहादुर गाहाको घर गत राति पहिरोले पुरिएको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका एसपी सन्तोषकुमार भट्टराईको अनुसार घटनास्थल पुगेर थप विवरण जानकारी गराईनेछ । तत्काल प्राप्त जानकारीअनुसार होमबहादुर गाहको पहिरोले पुरिएको छ । 

घटनास्थलबाट नजिकै रहेको प्रहरी चौकीको टोलीले पहिरोमा पुरिएकाहरुको को उद्धार गर्ने काम थालेको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार