चुनाव चिह्न 'हलो' सहित राप्रपा द्वारा निर्वाचन आयोगमा दल दर्ताको निवेदन ।



प्रकाशित: असोज ७, बुधवार, काठमाडौँ ।
कलम थापा, पशुपति शम्शेर जबरा र प्रकाशचन्द्र लोहनी नेतृत्वका पार्टीहरू एकता भएपछि बनेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले निर्वाचन आयोगमा दल दर्ताको निबेदन बुझाएको छ ।

केन्द्रीय कार्यसम्पादन समितिको मंगलबारको बैठकपछि राप्रपाका नेताहरूले आयोगमा दर्ता भएको साबिकको कमल थापा नेतृत्वको राप्रपाको विधानमा केही संशोधनसहित कायम राख्दै निवेदन आयोगमा बुझाएको नेता मोहन श्रेष्ठले जानकारी दिए ।

एक अध्यक्षको ठाउँमा ३ अध्यक्ष, १ सय ६५ केन्द्रीय सदस्यको ठाउँमा ३ सय २७ केन्द्रीय सदस्य र चुनाव चिह्न 'हलो' राख्ने लगायतका संशोधनको व्यहोरासहित २०७८ वैशाख तेस्रो हप्ता केन्द्रीय महाधिवेशन गर्ने पनि राप्रपाको निवेदनमा उल्लेख गरिएको छ ।

गत फागुनमा एकता गरेर बनेको राप्रपा तीन पार्टी एक भएको जानकारी आयोगलाई गत साउन १८ गते दिइएको भएपनि कोरोनाको कारण आयोगमा दर्ता हुन ढिलो भएको हो। 

केन्द्रीय कार्यसम्पादन समिति बैठकले राप्रपाको विधानलाई कायम गर्दै निर्वाचन आयोगमा दल दर्ता गर्ने, पार्टीको एकता महाधिवेशन आगामी वैशाख २५-२८ गते गर्ने, झन्डामा गाई र चुनाव चिन्ह 'हलो' हुने गरी निर्णय पश्चात दल दर्ता हुन लागेको हो ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial