राजश्व संकलनका लागि ३ दिन सबै बैंक तथा वित्तीय संस्थाको शाखा तथा काउन्टरहरु खुला गर्न राष्ट्र बैंकको निर्देशन ।


 


प्रकाशित: भदौ २३, मंगलबार, काठमाडौँ ।

नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले बैंकहरुलाई राजश्व संकलनका लागि आज बाट बिहीबारसम्म ,३ दिन राजश्व संकलन हुने सबै शाखा तथा काउन्टरहरु खुला गर्न निर्देशन दिएको छ।

देशव्यापी रुपमा लकडाउन खुल्ला गरिएपनि प्रायजसो जिल्लाहरु तथा स्थानीय तहहरुमा लकडाउन तथा निषेधाज्ञा जारी गरिएको छ । सरकारले भदौ २५ गतेसम्म राजस्व तिरी सक्नुहुन्छ सबै करदाताहरुलाई सूचना जारी गरेको थियो। राजश्व उठाउने म्याद २५ गतेसम्म भएका कारण बैंकका शाखाहरु खुला गर्न निर्देशन दिइएको राष्ट्र बैंकले बताएको छ ।

विभिन्न जिल्ला तथा स्थानीय तहहरूमा निषेधाज्ञा जारी गरिएको बेला मानिसलाई निर्मूल गर्न समेत प्रतिबन्ध लगाउँदै आएका छन् भने अत्यावश्यक बाहेकका सबै आवागमनलाई कडाइ गर्दै आइएको छ। निषेधाज्ञाको बेला कोरोनाका संक्रमण बढ्छ भनेर बैँकहरूको शाखाहरु समेत बन्द गरिँदै आएको छ तर राजस्व संकलन को मामिलामा राष्ट्रबैंकले सबै बैंक तथा वित्तीय संस्थाको शाखा हरु खुल्ला गर्ने निर्देशन दिएको छ ।

३ दिनको लागि मात्र स्वास्थ्य सतर्कता अपनाएर बैंक तथा वित्तीय संस्थाका कार्यालय सञ्चालन गरिने भनिएको कोरोना संक्रमणको जोखिम नहुने तथा राजस्व संकलन भइसकेपछि कोरोना संक्रमणको जोखिम बढ्ने सरकारको यस्ता नीतिले जनतालाई सास्ती दिनु जनतालाई घरमा थुनेर व्यापार व्यवसाय नै नगरी राजस्व संकलन गर्नु ले सरकार जनताको पक्षमा नभएर क्रुर शासकको रुपमा प्रस्तुत भएको देखिन्छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार